दफा
ग्राहकको पहिचान गर्न कागजातको जाँचबुझ गर्नु पर्ने
(१) सूचक संस्थाले ग्राहक पहिचानको लागि; ऐनको दफा ७क. बमोजिम जाँचबुझ गर्दा देहाय बमोजिमका सक्कल कागजातको आधारमा वा उपनियम (२) बमोजिमका कागजातको हकमा त्यस्तो ग्राहकलाई सम्बन्धित . सरकारी विद्युतीय अभिलेखमा प्रचलित कानून बमोजिम पहुँच दिइएको भएमा त्यस्तो अभिलेखको आधारमा जाँचबुझ गर्नु पर्नेछ:-

(क) प्राकृतिक.व्यक्तिको हकमा,-

(अ) नेपाली नागरिकको हकमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र वा मतदाता परिचयपत्र वा सवारी चालक अनुमतिपत्र वा राहदानी,

(आ) नाबालिग नेपाली नागरिकको हकमा जन्मदर्ता प्रमाणपत्र वा नाबालिग परिचयपत्र र्‌ अभिभावक वा संरक्षकको नागरिकता, राष्ट्रिय परिचयपत्र वा राहदानी,

(इ) नागरिकताको प्रमाणपत्र नलिएको बालिग नेपाली नागरिकको हकमा स्थानीय तहको सिफारिसपत्र,

(ई) विदेशी नागरिकको हकमा राहदानी,

(उ) राहदानी नभएको भारतीय नागरिकको हकमा भारतीय कानून बमोजिम नागरिक हो भनी दिएको प्रमाणपत्र,

(उ) शरणार्थीको हकमा सम्बन्धित सरकारी वा अन्तर्राष्ट्रिय निकायले दिएको परिचयपत्र।

(ख) कानूनी व्यक्तिको हकमा,-

(अ) कानून बमोजिम दर्ता, अनुमतिपत्र, इजाजतपत्र वा कारोबार गर्ने अनुमति र त्यस्तो कागजात प्रचलित कानून बमोजिम नवीकरण गराउनु पर्नेमा नवीकरण सम्बन्धी विवरण,

(आ) कानूनी व्यक्तिको प्रकार बमोजिम दर्ता हुन आवश्यक उद्देश्य, काम कारबाही खुल्ने अद्यावधिक भएको मुख्य कागजात,

(इ) कानूनी व्यक्तिको ठेगाना, व्यवसाय वा कार्यको प्रकार र मुख्य उद्देश्य खुल्ने कागजात,

(ई) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र,

(उ) सञ्चालक वा व्यवस्थापन समिति वा त्यस्तै कार्यको लागि गठन भएको अन्य कुनै समिति भए त्यसको पदाधिकारी तथा उच्च व्यवस्थापकको परिचय खुल्ने कागजात,

(क) खाता सञ्चालकको परिचय - खुल्ने कागजात,

(ए) सम्बन्धित कानूनी व्यक्तिले ऐनको दफा ३५क. को उपदफा (१) बमोजिम अद्यावधिक गरी राखेको वास्तविक धनी सम्बन्धी एकीकृत विवरण ।

(ग) कानूनी प्रबन्धको हकमा,-

(अ) कानूनी प्रबन्धको दर्ता वा ट्रष्ट डिड वा स्थापना सम्बन्धी उद्देश्य र कार्य तथा ठेगाना खुल्ने कागजात,

(आ) ट्रृष्टी, नियन्त्रक, संरक्षक, सेटलर, हिताधिकारी वा अन्य वास्तविक धनीको परिचय र ठेगाना खुल्ने कागजात,

(इ) कानूनी प्रबन्धको सञ्चालन गर्ने मुख्य पदाधिकारीको परिचय र ठेगाना खुल्ने कागजात,

(ई) स्थायी लेखा नम्बर वा कर प्रयोजनको लागि सरकारी निकायले प्रदान गरेको त्यस्तै प्रकारको प्रमाणपत्र,

(उ) खाता सञ्चालकको परिचय खुल्ने कागजात,

(ञ) सम्बन्धित कानूनी प्रबन्धले दफा इभ्ख, को उपदफा (१) बमोजिम अद्यावधिक गरी राखेको . वास्तविक धनी सम्बन्धी एकीकृत विवरण।

(२) सूचक संस्थाले यस नियमावली बमोजिम ग्राहकको पहिचान गर्दा सामान्यतया देहायका कागजात वा प्रचलित कानून बमोजिम स्थापित विद्युतीय अभिलेखमा पहुँच राखी सम्पुष्टि गर्न सक्नेछ: १

(क) नागरिकताको प्रमाणपत्र,

(ख) राष्ट्रिय परिचयपत्र,

(ग) मतदाता परिचयपत्र,

(घ) सवारी चालक अनुमतिपत्र,

(ङ) स्थायी लेखा नम्बर,

(च) दर्ता गर्ने, नियमन गर्ने वा सरकारी निकायमा रहेको वा त्यस्तो निकायले अनुमति दिएको अभिलेख,

(छ) नियमनकारी निकायले निर्धारण गरेको विद्युतीय अभिलेखमा अभिलेख गरिएका अन्य कागजात ।

(३) सूचक संस्थाले कुनै कानूनी व्यक्ति वा कानूनी प्रबन्धको पहिचान गर्दा त्यस्तो कानूनी व्यक्ति वा कानूनी प्रबन्धको सञ्चालक समिति वा त्यस्तो समिति नरहेको अवस्थामा कानूनी व्यक्ति वा कानूनी प्रबन्धको सञ्चालन तथा व्यवस्थापनका सम्बन्धमा निर्णय लिने समिति भए समितिका पदाधिकारीको र त्यस्तो समिति नभएमा प्रमुख व्यक्तिको व्यक्तिगत विवरण सम्बन्धित नियमनकारी निकायले निर्धारण गरेको ढाँचामा प्रमाणित गराई एकीकृत रूपमा लिनु पर्नेछ।